Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युवतीले ‘ब्वाइफ्रेण्ड’को हत्या गरी आफ्नै घरको आँगनमा गाडिदिएपछि…

    युवतीले ‘ब्वाइफ्रेण्ड’को हत्या गरी आफ्नै घरको आँगनमा गाडिदिएपछि…

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 2.6K
    SHARES

    एजेन्सी – एक युवतीले आफ्नो प्रेमीको हत्या गरी शवलाई आफ्नै घरको आँगनमा गाडिदिएकी छिन्। यो घटना भारतको उत्तर प्रदेशको हो।

    गाजियाबाद जिल्लाको सुल्तानपसर गाउँमा एक युवक केही दिनदेखि बेपत्ता भएका थिए। २१ वर्षीय मुरसलीन ११ अगस्टबाट हराइरहेका थिए। उनको वरिपारले खोजीको प्रयास पनि गरे। मुरसलीन नभेटिएपछि खोजी गरिदिन प्रहरीमा उजुरी दिइएको थियो।



    त्यसपछि प्रहरीले उनको खोजी कार्य अघि बढायो। मुरसलीनको मोबाइलमा ट्रेस गरेको प्रहरी कुल्फी बेच्ने पुरुषसम्म पुग्यो। ती पुरुषसँग कडा सोधपुछ गर्दा उनले उक्र मोबाइल आफूलाई एक युवतीले दिएको बताए। ५०० सय रुपैयाँमा बेरेर आफूलाई मोबाइल दिइएको उनले जानकारी गराए।



    त्यसपछि प्रहरीले युवतीको खोजी शुरु गरेको थियो। तीनै कुल्फी बेच्नेले प्रहरीलाई युवतीको घरमा लगे। अनुसन्धानबाट ती युवती युवकको प्रेमिका भएको पाइएको थियो। उनीहरु बिगत २ वर्षदेखि सम्बन्धमा थिए। प्रहरीले युवतीलाई नियनत्रणमा लिएर सोधपुछ गरेपछि युवकको हत्याबारे खुलासा भयो।

    तीनै युवतीले मुरसलीनको शव आफ्नो घरको आँगनमा गाडिएको बताएकी थिइन्। त्यसपछि प्रहरीले खनेर युवकको शव निकालेको थियो। युवतीको परिवारका अन्य सदस्यलाई पनि हिरासतमा लिइएको छ।

    मुरसलीनको हत्या कसरी गरियो भन्नेबारे पोष्टमार्टम रिपोर्टपछि भन्न सकिने प्रहरीको भनाइ छ। हत्याको वास्तविक कारणबारे पनि यकिन भइसकेको छैन। तर प्रारम्भिक अनुसन्धानमा युवतीको परिवारलाई उनीहरुको प्रेम सम्बन्ध स्वीकार नभएका कारण सोही युवतीलाई नै प्रयोग गरी मुरसलीनको हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार