Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आमाबाबुको खोक नै रित्तियो : पौडी खेल्न गएका दुई ‘लक्का जवान’ छोराहरु कहिल्यै फर्किएनन्

    आमाबाबुको खोक नै रित्तियो : पौडी खेल्न गएका दुई ‘लक्का जवान’ छोराहरु कहिल्यै फर्किएनन्

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 2.1K
    SHARES

    रुकुम । छोराछोरी आमाबाबुका बूढेसकालका सहारा। हरेक अभिभावकले आफ्नो सन्तानलाई बूढेसकालको सहारा नै ठान्छन्। अनेक परिस्थितिको सामना गर्दै, हुर्काउँछन्, बढाउँछन् अनि पढाउँछन्।

    तर सधैं सबैले सोचे अनि चाहेजस्तो कहाँ हुन्छ र ? रुकुम पश्चिममा भएको एक दर्दनाक घटनाले आमाबाबुको मन छियाछिया बनाएको छ। साथीहरुसँग पौडी खेल्न भनी घरबाट निस्किएका दुई लक्का जवान छोराहरु कहिल्यै घर नफर्किने गरी बिदा भएका छन्। उनीहरु घरमा २ मात्र सन्तान थिए।



    रुकुम पश्चिममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको निधन भएको छ। मुसीकोट नगरपालिका–७, स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ।



    प्रहरीका अनुसार मृत्यु हुनेमा मुसीकोट नगरपालिका–१, सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनको १७ वर्षीय भाइ प्रेमबहादुर थापा रहेका छन्।

    साथीहरुसँग घुम्न गएका उनीहरुको पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको बताइएको छ। नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा शुक्रबार बेलुका मात्रै उनीहरुको शव निकालिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। दाजुभाइको मृत्युले घरमा मात्र नभएर सिंगो गाउँमा नै छन्नाटा छाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार