Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • साफमा हारे खेलाडीको हैन मेरो गल्ती हुन्छ : प्रशिक्षक अलमुताइरी

    साफमा हारे खेलाडीको हैन मेरो गल्ती हुन्छ : प्रशिक्षक अलमुताइरी

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफमा नेपालले खेल हारे आफ्नो गल्ती हुने बताएका छन्। उनले खेल हारेमा खेलाडीहरुलाई दोष दिन नहुने बताएका छन्।

    नेपालले खेलहरु जितेमा त्यसको श्रेय खेलाडीलाई दिनुपर्ने बताउँदै उनले खेल दौरान खेलाडीलाई कुनै किसिमको दबाब दि नहुने बताए।



    ‘नेपालले अहिलेसम्म साफ जित्न सकेको छैन। त्यसैले साफ हाम्रा लागि धेरै महत्वपूर्ण छ,’ उनले भने, ‘तर खेलाडीलाई दबाब नदिऔं। यदि साफमा हा¥यौं भने मेरो गल्ती हुनेछ। जित्यौ भने सबै श्रेय खेलाडीलाई जानेछ।’



    नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ। साफ अक्टोबरमा माल्दिभ्समा हुँदैछ। त्यसअघि भारतसँग सेप्टेम्बरमा घरेलु मैदानमा दुई खेल खेल्नेछ।

    नेपाली टोली हाल पोखरामा प्रशिक्षण गरिरहेको छ। यस पटक पाँच टिम मात्र सहभागी भएकोले सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन्।
    १३औं संस्करणको साफ अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ।

    जहाँ नेपालले पहिलो खेलमै घरेलु टोलीसँग खेल्नेछ। नेपालले असोज १५ मा माल्दिभ्संग उद्घाटन खेल खेल्दै साफको यात्रा सुरु गर्नेछ। त्यसपछि असोज १७ मा श्रींलकासंग खेल्नेछ। असोज २२ मा भारतसँग र असोज २५ मा बंगलादेशसंग खेल्नेछ। त्यसअघि नेपालले असोज २ र ४ गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार