Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको फुटबल टोली नेपालमा

    मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको फुटबल टोली नेपालमा

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 1.7K
    SHARES

    एजेन्सी । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली गएराति नेपाल आएको छ ।

    बङ्गलादेशको टोली राति साढे १२ बजे नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । टोलीलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।



    नेपाल र बङ्गलादेशबीच असोज ११ गते मङ्गलवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुनेछ । अस्ति बिहीवार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको टोली सिधै नेपाल आएको हो ।



    यो खेलमा बङ्गलादेशले कम्बोडियालाई १–० ले हराएको थियो । नेपाल र बङ्गलादेश झण्डै एक वर्षपछि खेल्न लागेका हुन् ।

    मैत्रीपूर्ण खेलका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार