Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, एजेण्डा के ?

    पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, एजेण्डा के ?

    अनलाइन नेपाल
  • आइतबार, ६ भाद्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेदेखि जारी रहेको छ।



    आजको बैठकमा नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    ‘नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुगिन्छ’ गुरुङले बैठकअघि भने।

    यसअघि सो पार्टीको संगठनका विषयहरुको निर्णय गर्न केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार