Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रज्ञा भवनमा माओवादी स्थायी समिति बैठक, प्रतिवेदन र विधान मस्यौदामाथि छलफल

    प्रज्ञा भवनमा माओवादी स्थायी समिति बैठक, प्रतिवेदन र विधान मस्यौदामाथि छलफल

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 819
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

    पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार बैठक कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको हो ।



    आठौं महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसेको महराले बताए। ।



    गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ ।

    समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको महराको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार