Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माओवादीका २३६ केन्द्रीय सदस्यहरुले लिए शपथ

    माओवादीका २३६ केन्द्रीय सदस्यहरुले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सोमबार ललितपुरस्थित सानेपाको हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा आठौं महाधिवेशनबाट चुनिएका उनीहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् ।



    आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्दसत्र समक्ष प्रस्तुत गरेका थिए ।



    प्रचण्डको प्रस्तावलाई अनुमोदन गर्दै माओवादी केन्द्रको महाधिवेशन सकिएको थियो । आजको शपथ लगत्तै केन्द्रीय समितिको बैठक बसेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार