Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माओवादी महाधिवेशन : बन्दसत्रमा प्रचण्डद्धारा २३६ केन्द्रीय सदस्यको नाम घोषणा

    माओवादी महाधिवेशन : बन्दसत्रमा प्रचण्डद्धारा २३६ केन्द्रीय सदस्यको नाम घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन्।

    समानुपातिकतर्फ विभिन्न क्लस्टरमा नाम वाचन गरेर बन्दसत्रमा प्रस्ताव गरेका हुन्। २९९ केन्द्रीय समितिमा २९ समानुपातिक र ३४ खुल्ला सदस्य पछि मनोनीत गरिने अध्यक्ष दाहालले बताए।



    बन्दसत्रले केन्द्रीय समिति सदस्यको प्रस्तावित नाम अनुमोदन गर्ने बताइएको छ। अनुमोदन नभएमा निर्वाचन हुनेछ। त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।



    बाँकी रहेका सदस्यहरु पनि चाँडै पूर्ति गरिने र कमिटीलाई पूर्णता गरिने प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार