Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • माधव नेपालकै सुझावमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेको खुलासा, रिसोर्टबाट भने – नयाँ पार्टी दर्ताको विकल्प छैन

    माधव नेपालकै सुझावमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेको खुलासा, रिसोर्टबाट भने – नयाँ पार्टी दर्ताको विकल्प छैन

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको विकल्प नभएको बताएका छन्।

    सोमबार आफू पक्षीय केन्द्रीय सदस्य र सांसदसहित काठमाडौँको चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका अध्यक्ष नेपालले केन्द्रीय समिति बैठकपछि मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।



    आफूहरुसँग केन्द्रीय समिति र संसदीय दल दुवैमा २० प्रतिशतभन्दा बढि संख्या रहेको दाबी गर्दै नेपालले भने, ‘हामीसँग केन्द्रीय समिति र संसद दुबैमा २० प्रतिशत भन्दा बढी सदस्य हुनुहुन्छ, हामीलाई पार्टीबाट निष्कासन गरिएपछि हामीसँग नयाँ पार्टी गठन गर्नुको विकल्प रहेन।’



    ‘यो कुनै पदका लागि, निजी लडाईँ-झगडा होइन’, नेता नेपालले उक्त सम्मेलनमा भने, ‘यो मूल्य मान्यताको लडाईँ हो । हामी कम्युनिष्ट पार्टीलाई पूनर्गठन गरेरै छाड्छौं ।’

    यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अष्टलक्ष्मी शाक्य आफ्नो चाहना र सुझावअनुसार मुख्यमन्त्री बनेको बताए। उनले भने, ‘अष्टलक्ष्मी शाक्य मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्री बन्नुभएको हो । कम्युनिष्ट छाड्नेसँग एकता सम्भव छैन। त्यस्तो कल्पना त्यागौं। निर्वाचन आयोगमा दल दर्तापछि वामदेव गौतम पनि पार्टीमा आउनुहुन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार