Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यी हुन आफ्नै बुवा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाड्ने युवक

    यी हुन आफ्नै बुवा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाड्ने युवक

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.9K
    SHARES

    जनकपुरधाम । धनुषामा एक युवाले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया बस्ने २७ वर्षीय भागेश्वर मण्डलले आफ्नै ५५ बर्षीय बुवा रामबृक्ष र २४ बर्षकी श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् ।

    दुबै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैचामा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो ।



    मण्डलले सोमबार राति १२ बजेतिर दुबैको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको धनुषाका प्रहरी प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।



    शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुबैको शव फेला परेको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।

    मण्डल गत चैत महिना मात्रै वैदेशिक रोजगारीबाट घर फर्केका थिए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीको हत्या गरेको देखिएको प्रहरीको भनाई छ ।

    उनी विदेशमा रहँदा उनका बुवा र श्रीमतीको अवैध सम्बन्ध रहेको चर्चा रहेपनि प्रहरीले यसबारेमा तत्कालै केहि भन्न नसकिने जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रबक्ता बस्नेतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार