Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    २,४३३ जनामा संक्रमण पुष्टि हुँदा २६ जनाको मृत्यु, १,९२९ जना डिस्चार्ज

    २,४३३ जनामा संक्रमण पुष्टि हुँदा २६ जनाको मृत्यु, १,९२९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ जनाको पीसीआर परीक्षणमा २ हजार ०५२ र ४ हजार ६७२ को एन्टिजेन परीक्षणमा ३८१ जना गरी २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ५४ हजार ९१५ जना पुगेको छ ।



    जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा र ३ हजार ०३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ६३८ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो बुधबारबार २,४८२ जना संक्रमित थपिँदा ४४ जनाको मृत्यु भएको थियो भने  १,७८१ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार