Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिरहाबाट लागूऔषध र नागरिकतासम्बन्धी मुद्धाका दुई फरार अभियुक्त पक्राउ

    सिरहाबाट लागूऔषध र नागरिकतासम्बन्धी मुद्धाका दुई फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 1.7K
    SHARES

    रामनारायण यादव / सिरहा । सिरहा प्रहरीले लागूऔषध मुद्दा र नागरिकतासम्बन्धी मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा नम्वर २ का २१ वर्षीय बिष्णुदेव दास र सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्वर ५ का ४९ वर्षीय राम प्रसाद महरा रहेका छन् ।



    दासलाई लागूऔषध मुद्दामा जिल्ला अदालत सिरहाले २०७६ असार ३० गते ५ वर्ष कैद र ३ लाख १ हजार ९ सय २५ रुपैयाँ फैसला सुनाएको थियो भने महरालाई २०७० फागुन १२ गते नागरिकता सम्बन्धी मुद्दामा ९ महिना कैद सजाय सुनाएको थियो ।



    गाउँघरमै लुकीछिपी बसेको अवस्थामा दुबै जनालाई बिहीबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा पठाइएको सिरहाका प्रहरी प्रवक्ता सुवाश बुढाथोकिले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार