Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

    राष्ट्रपति भण्डारीद्वारा प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 2K
    SHARES

    काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् ।

    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कामु प्रधानसेनापति शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।



    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।



    प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । अवकाश लिन लागेका थापाले जंगी अड्डामा एक कार्यक्रमबीच बलाधिकृत रथी प्रभुराम शर्मालाई बुझबुझारथ गरिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार