Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • श्रद्धा कपूरको पारिश्रमिक सुनेपछि निर्माता नै तर्सिए

    श्रद्धा कपूरको पारिश्रमिक सुनेपछि निर्माता नै तर्सिए

    अनलाइन नेपाल
  • शनिबार, १२ भाद्र २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । अभिनेत्री श्रद्धा कपूर ‘सत्यनारायणको कथा’का लागि मोटो रकम मागेपछि निर्माता साजिद नाडियाडवाला तर्सिएको खुलासा भएको छ।

    अभिनेता कार्तिक आर्यनका साथ साजिद नाडियाडवालाको आगामी एपिक प्रेम कथाको घोषणा भएपछि यसको चर्चा सुरु भइसकेको छ। आधुनिक जीवन शैलीको सांगीतिक प्रेमकथाको फिल्ममा कार्तिकको अपोजिटमा ‘भूल भूलैया २’की अभिनेत्री कियारा आडवाणीले रोमान्स गर्दैछिन्।



    फिल्मका लागि यसअघि अभिनेत्री श्रद्धा कपूरलाई प्रस्ताव गरिएको थियो। तर श्रद्धाले चर्को पारिश्रमिक मागेपछि निर्माताले उनको स्थानमा कियारालाई मौका दिएका हुन्।



    ‘फिल्ममा साजिदले कार्तिकको अपोजिटमा श्रद्धालाई राख्न चाहेका थिएर किनकी पर्दामा उनी फ्रेस जोडीलाई देखाउन चाहन्थे। तर फिल्मका लागि श्रद्धाले १० करोड रुपैंयाँ मागेपछि उनी तर्सिए। साजिद सामान्यतया आफ्नो फिल्ममा कलाकारहरुसँग पारिश्रमिकको मामलामा मोलमोलाई गर्दैनन्।

    साजिदको अघिल्लो फिल्म ‘बाघी ३’मा श्रद्धाले ४ करोड पारिश्रमिकमा काम गरेपछि साजिदले त्यतिनै पारिश्रमिक दिने योजना बनाएका थिए’, फिल्म निकट स्रोतले भनेको छ।

    श्रद्धा लण्डनमा दुई महिला प्रधान फिल्म ‘नागिन’ र ‘चालबाज’को सुटिङ गरिरहेकी छन्। त्यहीकारण पनि उनले महंगो पारिश्रमिकको माग गरेको अनुमान लगाइएको । साजिदले श्रद्धालाई साढे ७ करोड रुपैंयाँको प्रस्ताव गरेका थिए।

    तर श्रद्धा र उनको टिम १० करोड यता टसमस भएनन्। कियाराले भने फिल्मका लागि साढे ३ करोड पाश्रिमिक बुझेकी छन्। साजिदको प्रोडक्सनबाट बन्ने यो फिल्म ‘राष्ट्रिय पुरस्कार विजेता’ निर्देशक समीर विदवान्सले निर्देशन गर्नेछन्। फिल्मका नाम भने अर्कै राख्ने तयारी भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार