Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मेसीको डेब्यू खेलमा पिएसजी विजयी, शीर्षस्थानमा बढायो अग्रता

    मेसीको डेब्यू खेलमा पिएसजी विजयी, शीर्षस्थानमा बढायो अग्रता

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पिएसजी)ले लगातार ४ खेलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा पिएसजीले रेइम्सलाई २–० गोलले पराजित गरेको हो।

    पिएसजीको जितमा दुबै गोल किलियन एमबाप्पेले गरेका थिए। रेइम्सविरुद्ध खेलमा हालै टोलीमा अनुबन्ध भएका लियोनल मेसीले डेब्यू गरेका छन्। शुरुवातमा बेन्चमा राखिएका मेसीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै टोलीका लागि पहिलो खेल खेलेका हुन्।



    मेसी राइम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा नेयामारको स्थानमा प्रवेश छिरेका थिए। व्यवसायिक फुटबलमा मेसीले बार्सिलोनाका लागिबाहेक खेलेको यो पहिलो खेल हो। मेसीबिनै खेल शुरु गरेको पिएुजीले १६ औं मिनेटमा अग्रता बनाएको थियो।



    एमबाप्पेले डी मारियाको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। पहिलो हाफमा १–० ले अघि बढेको पिएसजीका लागि एमबाप्पेले दोस्रो हाफको ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २–० ले अघि बढाए। उनले अक्रफ हकिमीको क्रसमा गोल गरेका थिए।

    त्यसपछि खेलमा अन्य गोल भएन र पिएसजीले जित हासिल गरेको हो। जितसँगै पिएसजीले समग्रमा ४ खेलमा १२ अंक जोडेको छ। हाल शीर्षस्थानमा रहेको पिएसजीले २ अंकको अग्रता बनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार