Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एम्बाप्पेको कीर्तिमानी गोलमा पिएसजीको रोमाञ्चक जित

    एम्बाप्पेको कीर्तिमानी गोलमा पिएसजीको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 510
    SHARES

    काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित निकालेको छ ।

    पिएसजीले घरेलु मैदानमा नान्टेसमाथि ४–२ को रोमाञ्चक जित निकालेको हो । पिएसजीको जितमा केलियन एम्बाप्पे, लियोनेलल मेसी र डानिलो पेरेइराले गोल गरे । एक गोल उपहार पाएको थियो ।



    नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गरेका थिए । यो गोलसँगै एम्बाप्पे पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीको रेकर्डलाई पछि पारेका हुन् ।



    यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पराजित नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार