Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोनाकोसँग पिएसजी पराजित

    मोनाकोसँग पिएसजी पराजित

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 810
    SHARES

    एजेन्सी । फरवार्डद्धय केलियन एम्बाप्पे र लियोनेल मेसी अनुपस्थित खेलमा शीर्षस्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) मोनाकोसँग पराजित भएको छ ।

    फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पिएसजी घरेलु टोलीसँग ३-१ गोलले पराजित भएको हो ।



    मोनाकोलाई जिताउन विसाम विन एडरले दुई तथा एलेक्सन्डर गोलोभिनले एक गोल गरे । पिएसजीका वारिन जाइरे इम्रीले एक गोल फर्काएका थिए। लिग वानमा पिएसजीको यो तेस्रो हार हो ।



    यो हारपछि पिएसजीले शीर्षस्थानमा अंक दुरी बढाउने अवसर गुमाएको छ । पिएसजीको २३ खेलबाट ५४ अंक छ । पिएसजीलाई हराएको मोनाकोको २३ खेलबाट ४७ अंक जोड्दै तिस्रो स्थानमा उक्लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार