Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • युईएफए च्याम्पियन्स लिग : रियल म्याड्रिडलाई हराउँदै पीएसजी विजयी

    युईएफए च्याम्पियन्स लिग : रियल म्याड्रिडलाई हराउँदै पीएसजी विजयी

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ ।

    गएराति घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्पेनिस क्लब रियल म्याड्रिडलाई १–० ले पराजित गरेको हो ।



    इन्ज्युरी समयको अन्तिमतिर केलियन एमबाप्पेले गोल गर्दै पिएसजीलाई जित दिलाएका हुन् । पार्क डेस प्रिन्सेस मैदानमा पाहुना टोलीलाई निकै दबाबमा राखे पनि गोलका लागि निकै अन्तिमसम्म कुर्नु परेको थियो ।



    एम्बाप्पेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

    त्यसअघि खेलको ६२औं मिनेटमा मेसी पेनाल्टीमा चुक्दा पिएसजीले अग्रता लिन मौका गुमाएको थियो । पहिलो लेगमा पाएको जितसँगै पिएसजीलाई क्वाटरफाइनल पुग्न केही सहज भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार