Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्डले बोलाए आकस्मिक स्थायी समिति बैठक, सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाइदै

    प्रचण्डले बोलाए आकस्मिक स्थायी समिति बैठक, सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाइदै

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आकस्मिक स्थायी समिति बैठक बोलाएका छन्।

    सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन्।



    बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल गरिने जनाइएको छ । यस्तै, स्रोतका अनुसार बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम समेत टुंगो लगाउने तयारी रहेको छ ।



    हाल कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओबादीबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री रहेका छन्। राजनीतिक स्रोतका अनुसार माओवादीको भागमा ६ वटा मन्त्रालय परेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार