Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • किलियन एमबाप्पे रियल मड्रिड नजाने पक्का

    किलियन एमबाप्पे रियल मड्रिड नजाने पक्का

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का फरवार्ड किलिएन एमबाप्पेले यस सिजन क्लब नछाड्ने पक्का भएको छ। उनी स्पेनिस क्लब रियल मड्रिडसँग सम्झौतानजिक पुगेपनि डिल हुन सकेन।

    एमबाप्पेका लागि रियलले शुरुमा गरेको प्रस्ताव पिएसजीले अस्वीकार गरेको थियो। पिएसजीले आफ्नो खेलाडीले आफ्नै शर्त पुरा भएमात्र बेच्न सकिने बताएको थियो।



    हाल युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो। एबमाप्पे र पिएसजीबीच यो सिजनको अन्त्यसम्म करार सम्झौता भएको थियो। उनले पिएजसी नछाड्ने भएसँगै अब लियोनेल मेसी र नेयमारसँगै टोलीको आक्रामण सम्हाल्ने छन्।



    यसअघि एमबाप्पे आफैंले क्लब छाड्ने इच्छा व्यक्त गरेपछि उनलाई बेच्ने मुडमा पिएसजी पुगेको थियो। घरेलु लिग ‘लिग वान’मा टोलीलाई निरन्तर जिताउन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। आइतबार राति भएको रेइम्सविरुद्धको खेलमा उनले २ गोल गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार