Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पहिरोमा पुरिएर नौ वर्षीया बालिकाको मृत्यु, तीन घाइते

    पहिरोमा पुरिएर नौ वर्षीया बालिकाको मृत्यु, तीन घाइते

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 1.4K
    SHARES

    file photo

    अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ।

    प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए।



    घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार