Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • कांग्रेस नेता मीन विश्वकर्मा भन्छन् -पार्टीमा अन्यायपूर्ण नीति लागु भयो, टुलुटुलु हेरेर बस्न नसकेपछि राजिनामा दिए

    कांग्रेस नेता मीन विश्वकर्मा भन्छन् -पार्टीमा अन्यायपूर्ण नीति लागु भयो, टुलुटुलु हेरेर बस्न नसकेपछि राजिनामा दिए

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष समेतबाट राजीनामा दिएका छन् ।

    बुधबार विश्वकर्माले एक विज्ञप्ति जारी गरी निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउदै पार्टीमा दलित समुदायको सहभागिता शुन्य देखिएको भन्दै राजीनामा दिएका हुन्।



    पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै जारी गरिएको विज्ञप्तिमा उनले उल्लेख गरेका छन्, ‘कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दादेख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागु हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपले नमिल्ने र नसक्ने भएकोले आजैका मितिदेखि लागु हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु ।’



    हेर्नुहोस् विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार