Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कांग्रेसले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीलाई अवरोध गर्दैन : मीन विश्वकर्मा

    कांग्रेसले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीलाई अवरोध गर्दैन : मीन विश्वकर्मा

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 564
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले मन्त्री हेरफेर गर्ने विषयमा अवरोध नगर्ने स्पष्ट पारेका छन् ।

    सानेपामा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका विषयमा जानकारी दिने क्रममा नेता विश्वकर्माले यस्तो बताएका हुन्।



    विश्वकर्माले भने,’मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीको हो। प्रधानमन्त्रीलाई असहज लाग्यो भने गठबन्धन दलको शीर्ष नेताहरूको बैठकमा त्यस्तो प्रस्ताव ल्याउन सकिन्छ। कांग्रेसले त्यसलाई अवरोध गर्दैन।मुलुकको सरकार सफल हुँदा प्रधानमन्त्री सफल हुने हो। सफलता र असफलताको दोष र गुण दुवै प्रधानमन्त्रीले लिने भएकाले आफ्नो अनुकूल वा सहयोग गर्नसक्ने मन्त्री चाहिन्छ भन्ने मान्यता हाम्रो पनि हो। गठबन्धन दलको बैठकमा छलफल गरेर जुनसुकै बेला पनि मन्त्री हेरफेर गर्न सक्नुहुनेछ।’



    प्रधानमन्त्रीले आफूलाई सहज हुने वा सहयोग गर्ने खालका मन्त्री चाहियो भनेर प्रस्ताव गर्न सक्ने उनको भनाइ छ।

    उनले प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न चाहेमा कांग्रेस बाधक नबन्ने बताए । उनले संसदीय व्यवस्थामा कसलाई मन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताए ।

    नेता विश्वकर्माले बैठकमा भने त्यसबारे छलफल हुन बाँकी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार