Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नयाँलाई अवसर दिन्छ : मीनबहादुर विश्वकर्मा

    कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नयाँलाई अवसर दिन्छ : मीनबहादुर विश्वकर्मा

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 324
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा नयाँलाई अवसर दिने निर्णय गरेको छ ।

    केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सो कुरा बताएका हुन् ।



    प्रचार विभाग प्रमुख विश्वकर्माले भने,’पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्न सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका हालसम्म कुनै अवसर नपाएका र विभिन्न कारणबाट अवसरबाट बञ्चित भएका योग्य तथा व्यक्ति अवसर दिन्छ ।’



    प्रचार विभाग प्रमुख विश्वकर्माले जातीय क्षेत्रीय र सन्तुलनलाई समेत ध्यान दिएर पार्टीमा योगदान पुर्याएका व्यक्तिलाई अवसर दिने बताए । बैठकले राष्ट्रियसभामा गठबन्धन गरेर जाने पनि निर्णय गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार