Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मीन विश्वकर्मा भन्छन् – रास्वपा सामाजिक सञ्जालबाट जन्मिएको हो, कांग्रेस समाजबाट

    मीन विश्वकर्मा भन्छन् – रास्वपा सामाजिक सञ्जालबाट जन्मिएको हो, कांग्रेस समाजबाट

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 573
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको टिप्पणी गरेका छन् ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका नेता विश्वकर्माले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले नेपाली कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको दाबी गरे । समाजमा जन्मिएको पार्टी भएको हुनाले कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनले बताए ।



    नेपाली कांग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको नेता विश्वकर्माको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार