Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेस नेता मीनबहादुर विश्वकर्माको प्रश्न – खाँण पक्राउ पर्दा हाम्रा नेता किन गृहमन्त्रीलाई धन्यवाद दिन गए ?

    कांग्रेस नेता मीनबहादुर विश्वकर्माको प्रश्न – खाँण पक्राउ पर्दा हाम्रा नेता किन गृहमन्त्रीलाई धन्यवाद दिन गए ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 648
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बालकृष्ण खाँण पक्राउ पर्दा पार्टीका नेताहरु गृहमन्त्रीलाई धन्यवाद दिएको प्रति आपत्ति जनाएका छन् ।

    प्रचार विभाग प्रमुख विश्वकर्माले पूर्वगृहमन्त्रीसमेत रहेका खाँणको बचाउमा केन्द्रीय समितिमा धारणा राखेका हुन् ।



    विश्वकर्माले भने, ‘कांग्रेस एउटा घर हो । यो परिवारको सदस्यलाई लान्छना लाग्यो । अनि छिटो पक्र भनेर डेलिगेशन जाने ? त्यति आदर्शवादी भयौं हामी ? त्यसो भए त हाम्रो पक्षबाट वकिल पनि राख्न भएन।’



    पार्टीले नै दोषी र निर्दोष करार गर्ने भए अदालत किन चाहियो भनि विश्वकर्माले प्रश्न उठाए । पार्टी बैठकले फैसला गर्ने हो भने वकिल किन राख्नुपर्‍यो नि उनले जिज्ञासा पार्टीमा राखे ।

    अरु पार्टीले आफ्ना सदस्य जोगाउन बचाउन लागिरहँदा आफ्ना नेताहरु गृहमन्त्रीकहाँ डेलिगेशनमा गएको विश्वकर्माले बताए । कांग्रेस अप्ठ्यारोमा भन्दा पनि कांग्रेस अलमलमा रहेको उनले बताए ।

    २००६ साल देखिका प्रतिस्पर्धीसँग पनि कांग्रेसलाई खतरा नभएको र उनीहरुलाई पटक पटक जित्दै आएको विश्वकर्माले बैठकमा सुनाए । अहिले उम्रेका पार्टीबाट कांग्रेसलाई खतरा नभएको विश्वकर्माको तर्क छ । खतरा पार्टी भित्रकै अन्तर कलह कारण रहेको उनले औंल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार