Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

    पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 1.1K
    SHARES

    कास्की । लगातारको वर्षापछि आएको पहिरोबाट पोखरामा तीन जनाको मृत्यु भएको छ भने एक जना  बालक बेपत्ता भएका छन्।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखरा महानगरपालिका–११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा-२० भलामका दुई जनाको मृत्यु भएको हाे ।



    मृत्यु हुनेमा भलामका घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ र नमुना टोलका लक्ष्य नेपाली रहेका छन्।



    त्यस्तै पहिरोमा परेर श्रेष्ठका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको डीएसपी हमालले बताए।

    अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न सङ्घ संस्थाको सहयोगमा उद्धार कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार