Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बिग बोस-१३ का विजेता सिद्धार्थ शुक्लाको ह्रदयघातले निधन

    बिग बोस-१३ का विजेता सिद्धार्थ शुक्लाको ह्रदयघातले निधन

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । बलिउड कलाकार तथा बिग बोस-१३ का विजेता सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ ।

    भारतीय संचारमाध्यम आजतकका अनुसार ४० वर्षीय  कलाकार शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको हो।



    अस्पतालका अनुसार शुक्लाले सुत्नुअघि औपधि सेवन गरेका थिए । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ ।



    मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका शुक्लाले टेलिशृंखला ‘बबुलका आगन छुटे ना’, ‘जाने पेहेचाने से ये अजनवी’, ‘लभ यु जिन्दगी’मा अभिनय गरेका थिए । तर ‘बालिका बधु’बाट भने उनले चर्चा कमाएका थिए ।

    रियालिटी सो बिग बोस-१३ बाहेक उनी ‘झलक दिखलाजा-६’, ‘फियर फ्याक्टर : ‘खत्रोंका खिलाडी ७’मा पनि सहभागी भएका थिए । सिद्धार्थको घरमा उनकी आमा र दुई बहिनी छन्।

    कूपर अस्पतालका अधिकारीहरूले समाचार एजेन्सी पीटीआईलाई  अस्पताल पुग्न अघि उनको मृत्यु भएको वताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार