Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विद्युतको खम्बाबाट खसेर १९ वर्षीय युवकको मृत्यु

    विद्युतको खम्बाबाट खसेर १९ वर्षीय युवकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    ओखलढुङ्गा । विद्युतको खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ। आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको विद्युत्को खम्बाबाट खसेर सिद्धिचरण नगरपालिका–४ रुम्जटारका १९ वर्षीय निखिल फुँयालको मृत्यु भएको हो।

    मानभञ्ज्याङ गाउँपालिका–७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रसारण लाइनको विद्युत्को तार विस्तार गर्ने क्रममा खमबाबाट खसेर फुँयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए।



    विद्युतको तार विस्तारका लागि खम्बामा चढ्दा हातमा करेन्ट लागेपछि खसेर ढुङ्गामा परी उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार