Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    डिस्चार्ज हुनेभन्दा संक्रमितको संख्या पुन: बढ्यो, थप २० जनाको मृत्यु,

    डिस्चार्ज हुनेभन्दा संक्रमितको संख्या पुन: बढ्यो, थप २० जनाको मृत्यु,

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ जनाको पीसीआर परीक्षणमा १ हजार ४८८ र ४ हजार ३७० को एन्टिजेन परीक्षणमा ४०९ जना गरी १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ जना पुगेको छ ।



    जसमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा र २ हजार ०६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ८५८ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो शनिबार १,०८९ जना संक्रमित थपिँदा २० जनाको मृत्यु भएको थियो भने  १,५३८ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार