Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चीनमा आमाबुवाको निधन भएको ४ वर्षपछि बच्चा जन्मियो

    चीनमा आमाबुवाको निधन भएको ४ वर्षपछि बच्चा जन्मियो

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । चीनमा कार दुर्घटनामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ ।

    बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका छन् ।



    सन् २०१३ मा इनभिट्रो फर्टिलाइजेशन (आईभीएफ) पद्धति अर्थात् कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा त्यो दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भण्डारण गर्ने व्यवस्था मिलाएका थिए।



    उक्त बच्चाको जन्म भने सन् २०१८ को डिसेम्बरमा भएको थियो । यसबारे ‘द बेइजिङ न्यूज’ले त्यतिबेला समाचार उक्त समाचार प्रकाशित गरेको थियो। यो समाचार आज पनि मानिसहरुले खोजीखोजी पढ्ने गरेको एक अध्ययनले जनाएको छ।

    त्यतिबेला यस्ता घटनाहरू पहिला भएको उदाहरण नहुँदा त्यो दम्पतीका बाबुआमा सरोगेसीको प्रक्रिया सुरु हुनुअघि कस्तो खाले कानुनी झमेलामा पर्नुपर्‍यो भनी उक्त पत्रिकाले व्याख्या गरेको थियो ।

    दुर्घटना हुँदा भ्रूणहरू नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्याङ्कमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको थियो।

    कानुनी प्रक्रियापछि ती बालकका घर र मावलीतर्फ गरी चारै जना बाजेबजै ती भ्रूणको अधिकार पाएका थिए। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार