Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानसेनापति प्रभुराम शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    प्रधानसेनापति प्रभुराम शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । नबनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति शर्मालाई शीतल निवासमा शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न लगाइदिएकी हुन् ।





    पूर्वप्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीकै कार्यकालदेखि संगठनलाई माथिल्लो तहमा बसेर बुझ्ने अवसर पाएका शर्मा २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् ।

    नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले गत भदौ ११ गते शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापति नियुक्त गरेकी थिइन् ।

    मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शर्मालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार