Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पूर्वमन्त्री अफताव आलमको मुद्धा हेर्न नमिल्नेमा, सुनुवाइ सर्‍यो

    पूर्वमन्त्री अफताव आलमको मुद्धा हेर्न नमिल्नेमा, सुनुवाइ सर्‍यो

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । राजपुर बमकाण्ड तथा ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री महम्मद अफताब आलमविरुद्धको मुद्दामा आज हुने भनिएको सुनुवाइ सरेको छ ।

    यसअघि शुक्रबार उक्त मुद्धाको सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ हुनेगरी पेशी तोकिएको थियो। तर, मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो।



    यसअघि आलमले जिल्ला र उच्च अदालतको आदेशबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।



    नेपाली कांग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका थिए।

    हाल उनी नख्खु कारागारभित्र थुनामा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार