Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कारागारका महानिर्देशकले किन भेटे रौतहट नरसंहारका दोशीलाई ?

    कारागारका महानिर्देशकले किन भेटे रौतहट नरसंहारका दोशीलाई ?

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं। काँग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बन्नासाथ ललितानिवास जग्गा प्रकरणमा विजयकुमार गच्छदारलाई विशेष अदालतले धरौटीमा रिहा गरेपछि सरकारको आलोचना भयो।

    सामाजिक सन्जालमा यो घटनालाई कतिपयले संयोग भन्दै सरकारको बचाउ गरेका छन् भने कतिपयले गच्छदारलाई भ्रष्टाचार मुद्दामा जोगाउन लागेको भन्दै सरकारको आलोचना गरेका छन् ।



    कारागार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै गच्छदारले विशेष अदालतमा आत्मसमर्पण गरेका थिए। उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धराैटीमा रिहा गरेको थियो । अहिले अर्को चर्चाको बिषय बनेको छ, रौतहट नरसंहारका दोशी कांग्रेस नेता मोहम्मद अफ्ताब आलमको आतंक प्रकरण।



    कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणि पोखरेलले गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा  हत्या अभियोगमा ललितपुरस्थित नख्खु कारागारमा सजाय काटिरहेका आलमलाई भेटेको समाचार एक दैनिकले सार्वजनिक गरेको छ।

    पोखरेल गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि बम विस्फोट तथा ज्यान मुद्दाका अभियुक्त आलमलाई भेट्न नख्खु पुगेको तर के- के कुरा गरे खुल्न नसकेको समाचारमा जनाइएको छ।

    काँग्रेसको सरकार बनेपछि आलमका समर्थकले रौतहट राजपुरस्थित गाउँमा घटनाका साक्षी धम्काउने कार्यलाई तीव्र बनाएका छन् । बिहीबार उनका समर्थकले राजपुर–४ का मेवालाल यादव र रामबहादुर साहलाई घरमै पुगेर ज्यान मार्ने धम्की दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार