Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाई सर्यो

    आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाई सर्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।

    न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले उक्त मुद्दाका सुनुवाई गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो ।



    सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश रेग्मीले त्यसैसँग सम्बन्धित रिट निवेदनमा अवहेलना मुद्दामा आदेश गरेका रहेछन्  । त्यसले गर्दा उक्त मुद्दाको सुनुवाइमा हेर्न मिलेन ।



    रौतहत जिल्ला अदालतको थुनामा रहेका आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । उक्त निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै उक्त मुद्दा सर्वोच्च आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार