Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महेश बस्नेत समूहद्वारा गच्छदार र आलमलाई स्वागत भन्दै प्रदर्शन , प्रहरीसँग झडप हुँदा केही घाइते

    महेश बस्नेत समूहद्वारा गच्छदार र आलमलाई स्वागत भन्दै प्रदर्शन , प्रहरीसँग झडप हुँदा केही घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 2.2K
    SHARES

    काठमाडाैं।  ललितानिवास जग्गा प्रकरणमा  नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले धरौटीमा रिहा गरेको भन्दै नेकपा एमाले अध्यक्ष केपी ओलीसमर्थित युवाले बिरोध प्रदर्शन गरेका छन्।

    महेश बस्नेतको निर्देशनमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको छ। नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि साँझ साढे ६ बजे भएको प्रदर्शनमा भएको धरपकडमा दुई जना विद्यार्थी पनि घाइते भएका छन्।



    युथ फोर्सका कार्यकर्ताहरुले गरेको प्रदर्शनकारीमा गच्छदारको पुत्ला जलाउनुको साथै त्यसमा जुत्ताको माला लगाएका थिए।



    कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै गच्छदारले विशेष अदालतमा आत्मसमर्पण गरेका थिए। उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धराैटीमा रिहा गरेको थियो ।

    ओलीनिकट युवा संघले आलमलाई पनि सरकारले रिहा गर्न सक्छ भन्दै विरोध प्रदर्शन गरेका हुन्। ललितानिवास जग्गा प्रकरणमा एमाले नेता बिष्णु पौडेलले पनि घुसबापत जग्गा लिएर फिर्ता गरेका थिए। पौडेललाई अख्तियारको कारवाहीमा पर्नबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले नै जोगाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार