Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ललिता निवास प्रकरण :

    अख्तियारले राजनीतिक जीवन समाप्त पार्न खोज्यो : गच्छदार

    अख्तियारले राजनीतिक जीवन समाप्त पार्न खोज्यो : गच्छदार

    अनलाइन नेपाल
  • बुधबार, २७ साउन २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत् आफ्नो राजनीतिक जीवन समाप्त पार्न खोजिएको बताएका छन् ।

    ललिता निवास प्रकरणमा मुछिएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।



    बुधबार विश्व आदिवासी दिवसको अवसरमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छादारले आफ्नो ५० वर्षे राजनीतिक इतिहासनै समाप्त पार्ने गरि भ्रष्टाचारको मुद्दा लगाइएको आरोप समेत लगाए ।



    आफूलाई तह लगाउने नाममा राज्यको एउटा अंगले सनकको भरमा मुद्दा चलाएको दाबी गर्दै उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँड्छ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो र ? त्यो दायित्व भूमि सम्बन्धि मन्त्रालयको होइन र ?’

    यस्तै, कांग्रेस उपसभापति गच्छादारले संविधान निर्माण नै त्रुटि भएको भए कानून बनाउँदा पनि हुने भन्दै त्यो कमी कमजोरीको लेखाजोखा कांग्रेसले गर्नु पर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार