Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पूर्वमन्त्री अफताव आलमको मुद्धा ‘हेर्न नमिल्ने’

    पूर्वमन्त्री अफताव आलमको मुद्धा ‘हेर्न नमिल्ने’

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राजपुर बमकाण्ड तथा ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री महम्मद अफताब आलमविरुद्धको मुद्दामा आज हुने भनिएको सुनुवाइ ‘हेर्न नमिल्ने’ भएको छ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।यसअघि आलमले जिल्ला र उच्च अदालतको आदेशबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।



    नेपाली कांग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका थिए । हाल उनी नख्खु कारागारभित्र थुनामा रहेका छन्।



    उनको रिट निवेदनमा यसअघि पनि पटक पटक पेसी तोकिएको थियो । यद्यपि सुनुवाइ हुन सकेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार