Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ललिता निवास प्रकरण :

    देउवा प्रधानमन्त्री बनेसँगै अदालतमा हाजिर भएका गच्छदारसँग १० लाख धरौटी माग

    देउवा प्रधानमन्त्री बनेसँगै अदालतमा हाजिर भएका गच्छदारसँग १० लाख धरौटी माग

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग विशेष अदालतले धराैटी माग गरेको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै भोलीपल्ट विशेष अदालतमा हाजिर भएका गच्छदारसँग विशेष अदालतले १० लाख रूपैयाँ धराैटी माग गरेको हो।



    यसअघि ‘फरार रहेको भनिएका’ उपसभापति गच्छदार आज विशेष अदालतमा हाजिर भएका थिए। अदालतमा भएको उनको बयान र थुनछेक बहसपछि धराैटी माग्ने निर्णय भएको अदालतले जनाएको छ ।



    बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

    तर, यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार