Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रदेश २ सरकारले ‘नो मास्क नो सर्भिस’ अभियान चलाउने

    प्रदेश २ सरकारले ‘नो मास्क नो सर्भिस’ अभियान चलाउने

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 2.3K
    SHARES

    जनकपुरधाम । प्रदेश २ सरकार कोरोना महामारीबिरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने भएको छ ।

    प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।



    कोरोना संक्रमितहरुको संख्यामा कमी आएको बैठकले ठहर गरेको छ । संक्रमितको संख्यामा कमी आएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न नमानिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।



    सरकारले सर्वसाधारणलाई मास्क प्रयोग गर्ने सम्बन्धमा सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशन÷प्रसारण गराउने निर्णय पनि गरेको छ ।

    मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार