Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    संक्रमितको संख्यामा घटबढ : मृतकको संख्या ११ हजार नाघ्यो

    संक्रमितको संख्यामा घटबढ : मृतकको संख्या ११ हजार नाघ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 957
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा घटबढ भइरहेको छ । गत सोमबारदेखि उकालो लागेको संक्रमितको संख्या आज आएर केही घटेको छ।

    यसअघि आइतबार एक हजारभन्दा कममा संक्रमण पुष्टि हुँदा सोमबार साँढे १४ सय जतिमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि मंगलबार  झन्डै १५ सयको हाराहारीमा थपिएका थिए भने बुधबार पनि लगभग १८ सय जति थपिएका थिए । आज बिहीबार संक्रमितको संख्या भने केही घटेको छ जसमा १५ सय भन्दा थोरै बढी थपिएका छन्।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११ हजार २०८ पीसीआर परीक्षणमा १,१६५ जना र ३,९७१ एन्टिजेन परीक्षणमा ३४६ जना गरी कुल १,५७१ जनामा संक्रमण भएको छ ।



    त्यस्तै, आज बिहीबार १,६८९ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार  सय ००२ जना पुगेका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार