Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ‘आनन्दले युवतीसँगको मेरो फोटो भाइरल गरिदिन्छ’, यस्तो छ महन्थ नरेन्द्र गिरीको सुसाइड नोट

    ‘आनन्दले युवतीसँगको मेरो फोटो भाइरल गरिदिन्छ’, यस्तो छ महन्थ नरेन्द्र गिरीको सुसाइड नोट

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 4.4K
    SHARES

    एजेन्सी । अखिल भारतीय अखडा परिषदका अध्यक्ष महन्थ नरेन्द्र गिरी सोमबार मठको एक कोठामा मृत भ्टिए। उनको शव प्रयागराजको बाघंबरी मठको एक कोठमा पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो। हाल उनको ८ पेज लामो सुसाइड नोट सार्वजनिक भएको छ। यसमा महन्थ गिरीले केही मानिसहरुलाई आफ्नो मृत्युको जिम्मेवार भएको उल्लेख गर्दै उनीहरुलाई कारबाही गर्न सरकारलाई अपील गरेका छन्।

    गिरीले आफ्नो सुसाक्ष्ड नोटमा लेखेका छन्, ‘म दुल्खी भएर आत्महत्या गर्न जाँदैछु। मेरो मृत्युको कारण आनन्द गिरी, हनुमान मन्दिरका पुजारी अद्या तिवारी र सन्दीप तिवारी हुन्। मेरो प्रयागराजका प्रहरी अधिकारीहरुलाई आग्रह छ, मेरो मृत्युको जिम्मेवार ती व्यक्तिहरुलाई कारबाही होस्। अनि मात्र मेरो आत्माले शान्ति पाउनेछ।’



    उनले अघि लेखेका छन्, ‘म महन्थ नरेन्द्र गिरी त्यसो त १३ सेप्टेम्बरमा आत्महत्या गर्न जाँदै थिए तर हिम्मत आएन। आज हरिद्वारबाट सूचना मिल्यो। एक दुई दिनमा आनन्द गिरी कम्युटरको माध्यमबाट मोबाइलबाट कुनै युवती वा महिलासँग गलत काम गर्दै गरेको मेरो फोटो लगाएर भाइरल गरिदिन्छ भन्ने सुनेको छु।’



    महन्थ गिरी अघि लेख्छन्, ‘मैले सोचेँ, म कहाँकहाँ सफाइ दिउँ। एकपटक त बदनाम हुन्छु नै। म जुन पदमा छु, यो गरिमामय पद हो। सत्य त मानिसलाई पछि मात्र थाहा हुन्छ। तर म त बदनाम हुन्छु। यसकारण म आत्महत्या गर्न गइरहेको हुँ। यसको जिम्मेवार आनन्द गिरी, अद्या तिवारी र उनका छोरा सन्दीप तिवारी हुन्छन्।’

    ‘म आज आनन्द गिरीका कारण एकदमै विचलित भएको छु। आज हरिद्वारबाट एक सुचना मिल्यो जसमा आनन्द गिरी एकदुई दिनमा मोबाइलको माध्यमबाट कुनै महिला वा युवतीसँग गलत काम गरिरहेको मेरो फोटो बनाएर भाइरल गरिदिन्छ। आनन्द गिरी महाराज बदनाम हुने डरले कहाँसम्म दिँदै हिड्छौं भन्ने गर्थे,’ सुसाइड नोटमा लेखिएको छ।

    ‘म जुन सम्मानले बाँचिरहेको छु यदि मेरो बदनामी भयो भने म समाजमा कसरी बाँच्न सक्छु। योभन्दा त मर्नै ठिक हुन्छ। मैले पहिला पनि आत्महत्या गर्ने प्रयास गरेको थिएँ तर हिम्मत नै आएन। एक अडियो क्यासेट आनन्द गिरीले जारी गरेका छन् जसमा मेरो बदनामी भएको थियो र आज मैले हिम्मत हारेको छु,’ उनले लेखेका छन्।

    गिरीले अघि लेखेका छन्, ‘म महन्थ गिरी आफ्नो होश हवासमा कसैको दबाबबिना यो पत्र लेखिरहेको छु। जहिलेदेखि आनन्द गिरीले ममाथि झुटा र मनगढन्ते आरोपहरु लगाए त्यहिबेलादेखि म मानसकि दबाबमा बाँचिरहेको छु। जब म एकान्तमा हुन्छु मलाई मर्ने इच्छा जागेर आउँछ। आनन्द गिरी, अद्या तिवारी र उनका छोरा सन्दीप तिवारीले मिलेर मसँग विश्वासघात गरेका छन् र मेरो हतया गर्ने प्रयास गरेका छन्।’

    ‘सामाजिक सञ्जाल फेसबुक र समाचार पत्रमा आनन्द गिरीले ममाथि मनगढन्ते आरोप लगाएका छन्। म मर्न गइरहेको छु। म सत्य बोलिरहेको छु, मैले एक पैसा पनि घरमा दिएको छैन। मैले एक–एक पैसा मठ मनिदरमा लगाएँ। २००४ सालमा म महन्थ बनेको थिएँ। २००४ देखि हालसम्म मैले जुन विकास मठ र मन्दिरमा गरेँ, यो सबै भक्तहरुलाई थाहा छ,’ सुसाइड नोटमा लेखिएको छ।

    ‘आनन्द गिरीले ममाथि जुन आरोप लगाएका छन्। त्यसबाट मेरो र मठमन्दिरको बदनामी भएको छ। यसबाट मलाई चोट पुगेको छ। यसकारण म मर्न गइरहेको छु। म समाजमा शानसँग बाँचेको थिएँ तर आनन्द गिरीले मेरो बदनाम गरिदियो। बलवीर गिरी मेरो समाधि पार्कमा कागतीको रुखको छेउमा लगाइदिनु, मेरो अन्तिम इच्छा यही थियो।’

    ‘प्रिय बलवीर गिरी मैले तिम्रो नाममा एक वसियत रजिस्टर गरेको छु जसमा म मरेपछि तिमी ठूलो हनुमान मन्दिर एवं मठ गद्धिको महन्थ बन्नेछौ। तिमीसँग मेरो एक अनुरोध छ। मेरो सेवामा लागेका विद्यार्थी जस्तै मिथिलेश पाण्डे, रामकृष्ण पाण्डे, मनीष शुक्ला, शिवमकुमार मिश्रा, अभिषेक कुमार मिश्रा, सुमीत तिवारी, उज्जवद्वीप द्विवेदी, प्रजवल द्विवेदीको ख्याल राख्नु,’ महन्थ गिरीले लेखेका छन्।

    ‘जसरी यी सबै मेरो साथ र समयमा रहेका थिए, उसैगरी यीनीहरु तिम्रो साथमा रहनेछन्। यी सबैको ध्यान राख्नु र उपरोक्त व्यक्तिहरु जसको मैले नाम लिएको छु तिमीहरु सधैं बलवीर गिरीको सम्मान गर्नु। जसरी मेरो सेवा गरेका छौ त्यसैगरी बलवीर गिरी र मठमन्दिरको सेवा गर्नु,’ नोटमा लेखिएको छ।

    ‘यसो त मलाई सबै विद्यार्थी प्रिय लाग्छन् तर मलाई खासगरी शिवम मिश्रा, अभिषेक मिश्रा र मनीष शुक्ला एकदमै प्रिय लाग्छन्। जब मलाई कोरोना भएको थियो तब सुिमत तिवारीले मेरो सेवा गरेका थिए। धनञ्जय विद्यार्थी मेरो कोठाको चाबी बलवीर गिरी महाराजलाई दिनु। म बलवीर गिरीसँग निवेदन गर्छु मेरो समाधि पार्कमा कागतीको रुखको छेउमा बनाउनु,’ नोटमा लेखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार