Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कांग्रेस नेता खड्का परराष्ट्रमन्त्री नियुक्त, आजै न्यूयोर्क जाने

    कांग्रेस नेता खड्का परराष्ट्रमन्त्री नियुक्त, आजै न्यूयोर्क जाने

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठकमा  सहमति भएसँगै नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको  छ ।



    अब राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्ने देउवाको सचिवालयले जनाएको छ ।



    समय तय भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । खड्का कार्यभार सम्हालेर आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने पनि वताइएको छ ।

    सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार