Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • परराष्ट्रमन्त्री खड्का चीनमा, चिनियाँ समकक्षी वाङलाई भेट्दै

    परराष्ट्रमन्त्री खड्का चीनमा, चिनियाँ समकक्षी वाङलाई भेट्दै

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिन भ्रमणका लागि चीन पुगेका छन् । हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट भ्रमण टोलीसहित परराष्ट्रमन्त्री खड्का मंगलबार राति चीन प्रस्थान गरेका हुन् ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका हुन् ।



    भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयक सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल रहेका छन्।



    त्यस्तै चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख कौशल किशोर रायसमेत भ्रमण टोलीमा रहेका छन्।

    त्यस्तै गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्र मन्त्रालयकी उपसचिवद्वय शिवानी बस्नेत र ललिता सिलवाल, परराष्ट्र मन्त्रालयकै शाखा अधिकृत बलिरामप्रसाद धामी, भुवन पौडेल र नायब सुब्बा तुलसी प्रसाद कोइराला भ्रमण टोलीमा रहेका छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काले आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नेछन्। चिनियाँ विदेश मन्त्री यीले परराष्ट्रमन्त्री खड्काको सम्मानमा भोजको आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार