Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का लन्डनमा

    महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का लन्डनमा

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन पुगेका छन् ।

    मन्त्री खड्का शनिबार साँझ लण्डन स्थित हित्रो विमानस्थलमा उत्रिँदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए ।



    लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन् ।



    खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने, बकिङ्घम दरबारमा प्यालेसमा राजा चाल्र्स तृतीयाको स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार