Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एलिजाबेथको शव राखिएको कक्षमा चिनियाँ प्रतिनिधिमण्डललाई प्रवेश निषेध

    एलिजाबेथको शव राखिएको कक्षमा चिनियाँ प्रतिनिधिमण्डललाई प्रवेश निषेध

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 657
    SHARES

    एजेन्सी । चिनियाँ सरकारी प्रतिनिधिमण्डललाई बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको शव राखिएको कक्षमा प्रवेश निषेध गरिएको छ ।

    चीनले बेलायती सांसद र नागरिकलाई प्रतिबन्ध लगाएकाले हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलेले चिनियाँ प्रतिनिधिमण्डलमाथि रोक लगाएको संसदीय सुत्रलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।



    आउँदो सोमबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि नगर्ने बेलासम्म महारानीको शवलाई वेस्टमिन्स्टर हलमा राखिएको छ ।



    चीनले एलिजाबेथको अन्त्येष्टिमा भाग लिने विषयमा आफूले अझै सोचिरहेको बताएको छ । बेइजिङबाट एकजना उच्च पदस्थ अधिकारीले अन्त्येष्टिमा भाग लिने अपेक्षा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार