Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि अन्तर्गत शवयात्रा जारी

    बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि अन्तर्गत शवयात्रा जारी

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 777
    SHARES

    एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि अन्तर्गत शवयात्रा भइरहेको छ । वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार समारोहपछि महारानीको शव पेटिकालाई लन्डन हाइड पार्क कोर्नरमा रहेको वेलिङ्टन आर्चमा लगिँदैछ ।

    बाटोमा सैनिक तथा प्रहरीहरू लामबद्ध छन् । शवयात्रा बिस्तारै लन्डनमा अघि बढ्दा वेस्टमिन्स्टर प्यालेसमा रहेको घडी बिग बेनको घण्टी एक–एक मिनेटको फरकमा बजिरहेको छ ।



    यसअघि वेस्टमिन्स्टर एबीमा उहाँको कफिनमा ब्रिटेनको राष्ट्रिय झण्डा ओडाइएको छ । त्यसको माथि साम्राज्यको स्टेट श्रीपेच राखिएको छ । शाही नौसेना नाविकहरूले बन्दुकको बग्गी तानेर लगेका थिए ।



    अन्त्येष्टिमा सहभागी हुन महारानीका सबै पूर्वप्रधानमन्त्रीहरू, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोन लगायत सयौँ व्यक्ति उपस्थित छन् । ७० वर्ष शासन गरेकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार