Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बेलायतकी महारानी एलिजाबेथको आज अन्त्येष्टि गरिँदै, विश्वका शीर्ष नेताहरु सहभागी

    बेलायतकी महारानी एलिजाबेथको आज अन्त्येष्टि गरिँदै, विश्वका शीर्ष नेताहरु सहभागी

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 786
    SHARES

    एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ ।

    बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ । अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।



    महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेको किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बताइएको छ । राजकीय अन्तिम संस्कारमा उनको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् ।



    बेलायत सरकारले यसअघि नै महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । झण्डै ७ दशक शासन गरेकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार