Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एलिजाबेथको अन्त्येष्टिका भाग लिन गएका परराष्ट्रमन्त्री खड्का कार्यकर्ता भेटघाटमा व्यस्त

    एलिजाबेथको अन्त्येष्टिका भाग लिन गएका परराष्ट्रमन्त्री खड्का कार्यकर्ता भेटघाटमा व्यस्त

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि बेलायतमा रहेका परराष्ट्र मन्त्री डा. नारायण खड्का नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् ।

    खड्काले सोमबार बेलायतस्थित नेपाली दूतावासमा नेपाली जनसम्पर्क समितिका कार्यकर्तालाई भेटेका हुन् ।



    उनले बेलायतमा रहेका पार्टी कार्यकर्तालाई देश र पार्टीका लागि क्रियाशील रहन निर्देशन दिए ।



    कुनै पनि पार्टीभित्र हुने मतान्तर सामान्य हुने भएकाले गुट, उपगुटको क्रियाशीलता चुनावका लागि अन्तरघाती हुने विचार व्यक्त गर्दै निर्वाचनमा एकजुट हुन् उनले आह्वान गरे ।

    कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका नेताहरू विनोदराज मोक्तान, केशबहादुर गुरुङ, हितकाजी गुरुङ, महेशकुमार दाहाल, कुमारी गुरुङ, डा.सुमाया राई, सूर्य नेम्बाङ, तस्वीर लामा,  तेजेन्द्र रोकामगर, राजकुमार सुनार, जंग पुन, अर्जुन कटुवालसमेत उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार