Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ

    १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । महानगरीय परिसर काठमाडौँले करिब १९ लाख नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ।

    बुधबार राती प्रहरी प्रभाव काँडाघारीको टोलीले हरहरमहादेवस्थित कमल दाहालको घरबाट पक्राउ गरेको हो।



    प्रहरीले पक्राउ परेकाहरूको साथबाट १८ लाख ७५ हजार ५०० नगद र ७बुक तास समेत बरामद गरेको जनाएको छ ।



    साथै उनीहरूबाट प्रति क्वाइन दश हजार ‘भ्यालु’ रहेका ४० वटा ग्रिन क्वाइन, ५०० भ्यालु भएका ८० वटा रेड क्वाइन र एक हजार भ्यालु भएका १४० वटा ब्ल्यु क्वाइन पनि बरामद गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए।

    एसएसपी सिंहका अनुसार पक्राउ पर्नेमा केही महिलाहरु पनि रहेका छन्

    पक्राउ परेका १३ जनालाई प्रहरी वृत्त बानेश्वमा राखी अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार